Kathmandu Durbar Square

देशको पुनर्घोषणा !

 (मधु माधुर्य)

“मोराले मन्दिरै भत्काउने पो हो कि”
भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु
पशुपतिनाथको देशमा

उसको छाडा बसाहाभन्दा पनि उद्दण्ड भैरहेछु
मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि
मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ?
प्राकृतिक रेफ्रिजेरेटर खोलेर
लेकको पहरामा फलेको ताजा भीर-मह खान्छु;
कृष्ण-सागर तर्दा चकमक हराएछ
जुनकिरी अटेरी भएकी बेला-
एक झिल्को आगो खोज्न
अरिंगालको गोलामा हात पसार्छु